sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरे

नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरे

सुत्र न्यूज

८ श्रावण २०७८
  • 314
    SHARES
  • चितवन- भरतपुर महानगरपालिका-१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ ।

    images

    पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए ।

    जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो ।

    प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए । 

    अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उनले बताए ।

    उनले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।  


    प्रकाशित :श्रावण ८, २०७८ शुक्रवार - २१:३२:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.