sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

नहरमा कसरी डुबे दुई बालक ?

नहरमा कसरी डुबे दुई बालक ?

images

सुत्र न्यूज

७ श्रावण २०७८
  • 64
    SHARES
  • चितवन- नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए ।

    नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।

    अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर । 
     


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - ०८:३५:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.