Logo

बिपीको ३९ औँ स्मृति दिवसमा कसले के भने ? 



भक्तपुर- नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

३९ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आज पार्टी कार्यालयमा आयोजित बिपीको तस्बिरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उनले बिपीले सधैं आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउँदै कम्युनिष्टको घर झगडाले लथालिङ्ग अवस्थामा पुगेको नेपालको राजनीति र जबरर्जस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्र्याकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उल्लेख गरे ।

उनले भने, ‘यो कांग्रेसको रहर भन्दा पनि परिस्थितिजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।’ उनले आसन्न पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रम संयोजक एवं पार्टीका उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं १ का कांग्रेस सभापति जीवन खत्रीले बिपीको समाजवादी चिन्तनलाई सबैले अङ्गिकार गर्न सके सबै नेपाली सुखी र खुशी हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र केसी, वाग्मती प्रदेशसभा सदस्यद्वय कृष्णलाल भँडेल र रजनी जोन्छें, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो । यो तस्बिर इन्टरनेटबाट 

नेपाली कांग्रेस

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १६:०१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट