sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

चितवनमा नहरमा डुबेर दुई बालकको ज्यान गयो

चितवनमा नहरमा डुबेर दुई बालकको ज्यान गयो

images

सुत्र न्यूज

६ श्रावण २०७८
  • 77
    SHARES
  • चितवन- चितवनमा नहरमा डुबेर दुई जना बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका वडा नं‍.२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।

    क्रिकेट खेलेपछि उनीहरु बुधबार करिब ४ बजेतिर क्षेत्रपुरमा रहेको नहरमा हातखुट्टा धुने नहर गएका थिए । सोही क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएका थिए ।

    प्रहरीले खोजी गरेपछि दुबै जनालाई डुबेको स्थानदेखि करिब २ सय मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी पठाईएकोमा अस्पत्तालले दुबै जनाको मृत्यु भएको जानकारी गराएको चितवन प्रहरीले जानकारी दिएको छ ।  सांकेतिक तस्बिर । 


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - २०:५४:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.