sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

जापानमा 'टोकियो ओलम्पिक' सुरु, नेपालका कुन खेलाडीले के खेल खेल्दैछन् ?

जापानमा 'टोकियो ओलम्पिक' सुरु, नेपालका कुन खेलाडीले के खेल खेल्दैछन् ?

images

सूत्र न्यूज

६ श्रावण २०७८
  • 77
    SHARES
  • जापानमा 'टोकियो ओलम्पिक' सुरु, नेपालका कुन खेलाडीले के खेल खेल्दैछन् ?

    ओलम्पिक खेल आजबाट जापानको टोकियोमा शुरु भएको छ ।

    ओलम्पिक खेलअन्तर्गत आज बिहान जापान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो भने दिउँसो इटाली र अमेरिका तथा मेक्सिको र क्यानाडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

     त्यस्तै आजै महिला फुटबलतर्फ ६ समुहबिच प्रतियोगिता पनि हुनेछ । ओलम्पिक खेलको औपचारिक शुरुवात भने आगामि शुक्रबारबाट हुनेछ ।

    'टोकियो २०२०' नाम दिएको उक्त ओलम्पिकमा  नेपालबाट पनि ४ खेलमा ५ खेलाडिले प्रतिस्पर्धा गर्नेछन् ।

    जसमा पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट रहेका छन् ।

    पौडि, जुडो र सुटिङका खेलाडिहरु टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्सका खेलाडी भने ओलम्पिक  सुरु भएको भोलिपल्ट अर्थात जुलाई २४ मा जापान जानेछन् ।

    खेलाडि, प्रशिक्षक लगायत अन्य सदस्य गरि २६ सदस्यीय टोलि ओलम्पिकका लागि जापान जाने छन् ।


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - १३:५८:४१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.