Logo

बेनी-जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन



म्याग्दी- हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका-३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिराले अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनी परिचालन गरी पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सिधा सञ्चालन हुनसकेका थिएनन् । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि मुस्ताङका लागि नेपाल सरकारले पठाएको कोरोनाविरुद्धको भ्याक्सिन पनि मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

सञ्चालन सडक

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०४:०९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट