sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा यथास्थानमै, सीताको ब्याटिङ बरियतामा सुधार

नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा यथास्थानमै, सीताको ब्याटिङ बरियतामा सुधार

images

सुत्र न्यूज

५ श्रावण २०७८
  • 70
    SHARES
  • काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उनी ९०औँ स्थानमा रहेकी छिन् ।

    यसअघि मगर ९२ औँ बरियतामा स्थानमा रहेकी थिइन् । आइसीसीको बरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।

    महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेका छन् ।

    नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ ।

    नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी-२० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी परेनन् ।   


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - २१:२०:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.