sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

भीम रावलले संसद सचिवालयमा बुझाउन खोजेको राजीनामा झपट रावलले खोसिदिएपछि...

भीम रावलले संसद सचिवालयमा बुझाउन खोजेको राजीनामा झपट रावलले खोसिदिएपछि...

सूत्र न्यूज

३ श्रावण २०७८
  • 2.1K
    SHARES
  • भीम रावलले संसद सचिवालयमा बुझाउन खोजेको राजीनामा झपट रावलले खोसिदिएपछि...

    दश बुँदे सहमतिपत्रलाई आधार मानेर नेकपा एमालेको एकतालाई कायम राख्ने भीम रावलको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि रावल राजीनामा पत्रसहित सिंहदरबारस्थित संसद सचिवालयमा आइतवार अपराह्न ४ बजेतिर पुगे ।  

    images

    नेपाल समूहका केही सांसदहरू त्यहाँ पहिल्यैदेखि उपस्थित भएका थिए ।

    रावल जसै संसद सचिवालय भित्रको कार्यालय पुगेर संघीय संसदका महासचिवको कार्यालयभित्र छिरे, त्यहाँ उपस्थित झपट रावलले भीम रावलको हातबाट राजीनामा खोसेका थिए ।

    झपटले 'अहिले यस्तो गर्नुहुँदैन कमरेड' भन्दै राजीनामा खोसेपछि भीम रावल सिधै बानेश्वर हानिए ।

    संसद भवन बानेश्वर पुगेपछि सञ्चारकर्मीहरूका अगाडि रावलले राजीनामा पढ्न थाले । उनलाई सुरेन्द्र पाण्डेले रोक्न खोजे तर सफल भएनन् ।

    उनले दिएको राजीनामा पत्रमा भनिएको छ - 'राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।'

    अन्ततः उनले राजीनामा दिए । उनी नेपाल समूहबाट विघटित कार्यदलको नेतृत्व गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पनि नचाहेको र नदिन पनि नचाहेकाले उनले राजीनामा बुझाएका हुन् ।

     


    प्रकाशित :श्रावण ३, २०७८ आइतवार - १७:५६:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.