sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

भरतपुर महानगरले सुरु गर्यो अत्याधुनिक आपतकालीन आवास

भरतपुर महानगरले सुरु गर्यो अत्याधुनिक आपतकालीन आवास

images

सुत्र न्यूज

४ आषाढ २०७८
  • 271
    SHARES
  • काठमाडौं- भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा ल्याएको छ ।

    बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा जिल्लामा नै पहिलो पटक आवास प्रयोगमा ल्याएको हो ।

    भरतपुर-२८ सञ्चालनमा ल्याइएको सो आवास शिलन्यास भएको १८ महिनामा नै भवन सम्पन्न भएको महानगरले जनाएको छ ।

    रु १ करोड ७२ लाखमा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

    उनका अनुसार सो आवासको ६ कठ्ठा ५ धुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल ओटेको भवनमा अत्याधुनिक अलगअलग महिला र पुरुष शौचालय समेत रहेको छ ।

    साथै भवनमा एकपटकमा २०० जना राख्न सकिने जनाइएको छ । भवनको महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गरिन् ।


    प्रकाशित :आषाढ ४, २०७८ शुक्रवार - ०२:५५:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.