sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

सरकारकै उदासिनता र अकर्मण्यताले कोभिड-१९ विस्तार भएको कांग्रेसको आरोप

सरकारकै उदासिनता र अकर्मण्यताले कोभिड-१९ विस्तार भएको कांग्रेसको आरोप

images

सुत्र न्यूज

४ आषाढ २०७८
  • 167
    SHARES
  • काठमाडौ‌- नेपाली कांग्रेसले सरकारकै उदासिनता र अकर्मण्यताले कोभिड-१९ विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै कांगेसका नेता प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

    उनले भने, ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तुष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भाछ, त्यो संक्रमणको अवस्थालाई लइरहनुभाछ । संक्रमणबाट उहाँहरु दुःखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन सुरक्षित भयौँ । कोही विरोधमा निस्किन सक्दैन । बाहिर आउन मिल्दैन भनेर उहाँहरु यसमा सहज महशुस गरिरहनु भाछ ।’

    बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए । बैठकले देशभरको बाढी-पहिरोको घटनामा दुःख प्रकट गर्दै तीनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार तथा राहतमा लाग्न अनुरोध गरेको छ ।


    प्रकाशित :आषाढ ४, २०७८ शुक्रवार - ०१:५३:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.