sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

ओलीलाई खनालको फोन- म फर्केर फर्केर आउँछु कि आउँदिन, पार्टी एक रहोस

ओलीलाई खनालको फोन- म फर्केर फर्केर आउँछु कि आउँदिन, पार्टी एक रहोस

images

सूत्र न्यूज

२ आषाढ २०७८
  • 586
    SHARES
  • ओलीलाई खनालको फोन- म फर्केर फर्केर आउँछु कि आउँदिन, पार्टी एक रहोस

    काठमाडौं । स्वास्थ्यमा थप समस्या आएपछि नेकपा एमालेका नेता झलनाथ खनाल दिल्लीस्थित एपोलो अस्पताल प्रस्थान गरेका छन् । दिल्ली जानुअघि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

    फोनमा ओलीसँग कुरा गर्दै झलनाथ खनालले आफु फर्केर आउने नआउने थाहा नभएको भन्दै पार्टी एकता गर्नका  लागि प्रधानमन्त्री ओलीले अब भूमिका खेल्न आग्रह गरेको बताइएको छ ।

    त्यस्तै प्रधानमन्त्री ओलीले पनि नेता खनालको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

    उनी भारत प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेलले हस्पिटलमै गएर  स्वास्थ्यलाभको कामना गरेका  थिए ।

     


    प्रकाशित :आषाढ २, २०७८ बुधवार - २१:३३:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.