sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?

काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?

images

सुत्र न्यूज

३० जेठ २०७८
  • 679
    SHARES
  • काठमाडौं- काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को बैठक आज बस्दैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा थप निर्णय गर्न आज बैठक बस्न लागेको हो ।

    बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनले थप एक साता निषेधाज्ञा लम्बिनसक्ने बताए । तर, यसबारे थप निर्णय आजको बैठकमा हुने बताए ।

    अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उनले बताए । संक्रमण केही घटेपनि जोखिम कायमै रहेको भन्दै उनले केही खुकुलो बनाएर निषेधाज्ञा थपिनसक्ने बताए ।

     


    प्रकाशित :जेठ ३०, २०७८ आइतवार - १५:१७:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.