sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 174
    SHARES
  • काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहेको र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन भएका थिए ।

    सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा कांग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आरम्भ गरेका पोखरेलले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - २१:२२:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.