sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

खेलाडीलाई खोपका लागि पहल सुरु

खेलाडीलाई खोपका लागि पहल सुरु

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 110
    SHARES
  • काठमाडौं- प्रदेश खेलकुद परिषद्, गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई कोभिडविरुद्धको खोपका लागि पहल सुरु गरेको छ ।

    परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिडका कारण ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान गर्न खोपका लागि पहल सुरु गर्ने निर्णय गरेको हो । परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले बैठकबारे जानकारी दिँदै भने, ‘खेल क्षेत्र अब टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उतार्न चाहन्छौ तर त्यो भन्दा अघि खोप हाम्रा लागि अनिवार्य हुन्छ ।’

    खेलाडीसँगै सबै जिल्ला खेलकुद विकास समितिका सदस्य र प्रशिक्षकलाई समेत कोभिडविरुद्धको खोपका लागि पहल सुरु गरिएको उनको भनाइ छ । परिषद्को बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यीय उपसमिति गठन गरेको छ ।

    समितिको सदस्यमा परिषद्का सदस्य गिरमान गुरुङ र केशव पाठक रहेका छन् । बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - २१:१६:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.