sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

नवनियुक्त सामान्य प्रशासनमन्त्री गणेश पहाडीः गाविस अध्यक्षदेखि मन्त्रीसम्म

नवनियुक्त सामान्य प्रशासनमन्त्री गणेश पहाडीः गाविस अध्यक्षदेखि मन्त्रीसम्म

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 237
    SHARES
  • काठमाडौं- साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेश पहाडी आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

    नवनियुक्त मन्त्री पहाडी विसं २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

    त्यसअघि उनी विसं २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए । पार्टीमा उनी विसं २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति सुरु गरेका उनी २०४८ सालमा नेकपा (एमाले) को सिन्धुली काठमाडौं सम्पर्क मञ्चको संयोजक समेत भए । 

    विसं २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य भएका थिए ।  यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले  गरेको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए । 


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १९:३३:५३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.