sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

मन्त्री बन्न नपाएपछि महेशले पोखे यस्तो दुःख

मन्त्री बन्न नपाएपछि महेशले पोखे यस्तो दुःख

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 251
    SHARES
  • काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको बताएका छन् । उनले पार्टीभित्रका ती विरोधी साथीहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

    बिहीबार मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया ब्यक्त गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले हरेक पटक मन्त्रिपरिषद् बिस्तार हुँदा आफ्नो नाम व्यापक चर्चामा आउने गरे पनि आफ्ना सहयोद्धा साथीहरु मन्त्री बनाउने पक्ष र विपक्षमा लाग्ने गरेको उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘मेरो सहयोद्धा कमरेडहरु मन्त्री बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरा विरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ ।’

    उनले आफ्ना ती साथीहरुको सो कदमका कारण झन् सचेत भएर कदम चाल्ने गरेको र यस्ता कुरा आफ्ना लागि सिकाई र उपलब्धी भएको उनको भनाइ छ ।

    मन्त्रिपरिषद विस्तार गर्ने क्रममा नेता बस्नेतले गृहमन्त्री पाउने चर्चा चले पनि अर्का नेता खगराज अधिकारीले सो पद हात पारेका छन् ।

    नेता बस्नेतले पार्टीको काममा सदैव आफ्नो दक्षता देखाएको र पार्टीभित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको उल्लेख गरेका छन् ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १९:०१:३५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.