sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

नेप्सेमा १ दशमलव ८० अंकको गिरावट, झण्डै १६ अर्ब १० करोडको सेयर कारोबार

नेप्सेमा १ दशमलव ८० अंकको गिरावट, झण्डै १६ अर्ब १० करोडको सेयर कारोबार

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 99
    SHARES
  • नेप्सेमा १ दशमलव ८० अंकको गिरावट, झण्डै १६ अर्ब १० करोडको सेयर कारोबार

    हप्ताको अन्तिम कारोबारको दिन बिहीबार आज सेयर बजार परिसूचक नेप्सेमा १ दशमलव ८० अंकले गिरावट आएको छ ।

    १ दशमलव ८० अंकले गिरावट आउँदै आज नेप्से २९४४.७८ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

    आज ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २.५९ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको तथ्यांकले देखाएको छ ।

    आज कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।  

    दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव २५ प्रतिशत घटेको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १५:५५:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.