sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

१३ दशमलव ५६ अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार

१३ दशमलव ५६ अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोडको कारोबार

images

सूत्र न्यूज

२६ जेठ २०७८
  • 89
    SHARES
  • १३ दशमलव ५६ अंकले घट्यो नेप्से,  १६ अर्ब ९९ करोडको कारोबार

    हप्ताको चौथो दिन आज  बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

    आज नेप्से १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको हो ।

    आज कुल १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँको कारोबार भएको तथ्यांकले देखाएको छ । त्यस्तै आज बुधवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ ।

    नेप्से घटे पनि आज  इन्स्यारेन्सको कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।

    आज धेरै गुमाउनेमा  युनाइटेड आइडीआई मार्दी रहेको छ ।

    हिजो मंगलवार नेप्से ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो ।

    मंगलवार १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो ।  


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १५:४६:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.