sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

पूर्वी चितवनको कालिका नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

पूर्वी चितवनको कालिका नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

images

सुत्र न्यूज

२६ जेठ २०७८
  • 102
    SHARES
  • काठमाडौं- पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

    मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।

    घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - ०९:२०:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.