sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

विश्वकप छनोटः नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

विश्वकप छनोटः नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

images

सुत्र न्यूज

२६ जेठ २०७८
  • 199
    SHARES
  • काठमाडौं- फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । चर्चित खेलाडी नेयमारले उत्कृष्ट प्रदर्शन गरेपछि पाराग्वेलाई २-० ले पराजित गर्न ब्राजिल सफल भयो ।

    नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।

    खेलको चौथो मिनेटमै गाब्रीएल जेससको पासमा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इनजुरी टाइमको तेस्रो मिनेटमा नेमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।

    लगातार छैटौं जितपछि १८ अंक जोड्दै ब्राजिल शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - ०८:५४:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.