sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

images

सुत्र न्यूज

२४ जेठ २०७८
  • 489
    SHARES
  • काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । आइतबार अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका हुन् ।

    उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा.धर्मा यादवले जानकारी दिए । गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।

    श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिए । श्रेष्ठ केही दिनअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए ।


    प्रकाशित :जेठ २४, २०७८ सोमवार - १८:३०:१०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.