sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन

वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन

images

सूत्र न्यूज

१० जेठ २०७८
  • 228
    SHARES
  • काठमाडौं- वरिष्ठ साहित्यकार डा.बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।

    २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन हृदयघातले भएको जनाइएको छ ।

    आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हाे ।

    विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् । उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् ।

    कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

    उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।


    प्रकाशित :जेठ १०, २०७८ सोमवार - ११:००:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.