sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

प्रधानमन्त्री ओलीको तेस्रो कार्यकाल सुरु [फोटोफिचर]

प्रधानमन्त्री ओलीको तेस्रो कार्यकाल सुरु [फोटोफिचर]

images

सूत्र न्यूज

३१ बैशाख २०७८
  • 327
    SHARES
  • काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिए ।

    संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।

    तेस्रो कार्यकालका लागि शपथग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै प्रधानमन्त्रीले कोरोना महामारी रोकथाममा एकजुट भएर लाग्न सबै मन्त्रीहरूलाई निर्देशन दिए ।

    उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे ।

    उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए । 

    pro_ktrm_oli_sambhodhan.jpg

    pro_ktm_pm_nirdashan.jpg

    pro_ktm_dpm_saphat.jpg

    sutranews30.jpg

    Pro_Ktm_PM_OLI_PadBahili.jpg

    pro_ktm_rajyamantrisaphat.jpg

     


    प्रकाशित :बैशाख ३१, २०७८ शुक्रवार - १७:४६:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.