sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

खनाल-नेपाल समूहले दियो सोमबार विहान ९ बजेसम्मको अल्टिमेटम, निर्णय फिर्ता नलिए विश्वासको मत नदिने

खनाल-नेपाल समूहले दियो सोमबार विहान ९ बजेसम्मको अल्टिमेटम, निर्णय फिर्ता नलिए विश्वासको मत नदिने

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 378
    SHARES
  • खनाल-नेपाल समूहले दियो सोमबार विहान ९ बजेसम्मको अल्टिमेटम, निर्णय फिर्ता नलिए विश्वासको मत नदिने

    काठमाडौं- नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि सोमबार (वैशाख २७ गते) विहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको छ । 

    सो समूहको आइतबार सिंहदरबारमा बसेको सांसदरुको बैठकले विहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको हो ।

    यदि आफूहरुलाई किनारा लगाउने ढंगले अगाडि बढे सोमबार नै कठोर निर्णय गर्ने एक सांसद्ले जानकारी दिए । ९ बजेसम्म ओलीले सम्बोधन नगरे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने ती नेताको भनाइ छ ।

    प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै वरिष्ठ नेता नेपालसहितका नेताहरूलाई कारबाही गरेका छन् । पार्टीको आन्तरिक विवादले एमाले विभाजनको संघारमा छ ।

     


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - २०:०३:३१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.