sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, एमालेको चर्को आलोचना

एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, एमालेको चर्को आलोचना

images

सूत्र न्यूज

२० बैशाख २०७८
  • 832
    SHARES
  • एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश, एमालेको चर्को आलोचना

    काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका नेताहरूले पाण्डेलाई स्वागत गरे ।

    सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कौनोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । कांग्रसेबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को एकबाट उनले चुनाव जितेका थिए ।

    प्रदेशसभा सदस्य त्यागेका पाण्डेले एमालेको तानाशाही प्रवृत्ति मन नपरेकाले सदस्य पदबाटै राजीनामा दिएर कांग्रेसमा फर्किएको बताए ।

    उनले भने, ‘मैले सदन र संसदीय दलमा पटक-पटक व्यक्तिगत स्वार्थको साटो जनताको हित हेरौं भनेर कुरा राखेको थिए । तर, मेरो कुरा सुनिएन । त्यसैले दिक्क भएर राजीनामा दिएको थिएँ ।’  


    प्रकाशित :बैशाख २०, २०७८ सोमवार - १७:३०:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.