sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

माधव नेपालको चेतावनीपछि मोडियो प्रचण्डको गाडी, बाबुराम, उपेन्द्रलाई ‘चक्मा’ दिएर पुगे महन्थ र लक्ष्मणलाल

माधव नेपालको चेतावनीपछि मोडियो प्रचण्डको गाडी, बाबुराम, उपेन्द्रलाई ‘चक्मा’ दिएर पुगे महन्थ र लक्ष्मणलाल

images

सूत्र न्यूज

४ बैशाख २०७८
  • 6.5K
    SHARES
  • माधव नेपालको चेतावनीपछि मोडियो प्रचण्डको गाडी, बाबुराम, उपेन्द्रलाई ‘चक्मा’ दिएर पुगे महन्थ र लक्ष्मणलाल

    काठमाडौं– ‘सर्वदलीय बैठकमा माओवादीबाट को–को जान लागेको हो?’, झापाबाट एमाले नेता माधवकुमार नेपालले नारायणकाजी श्रेष्ठलाई फोनमा सोधेपछि उत्तर थियो,‘सायद अध्यक्ष कमरेड जानुहुन्छ होला!’
    बालुवाटारमा हुने बैठकमा नजाने घोषणा गरेका नेता नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार फोन गरे,‘तपाई बालुवाटार जान लाग्या हो? त्यहाँ नजाने सिंहदरबारमा भए जाने भन्ने सहमति भएको होइन?’

    खुमलटारबाट बालुवाटारतिर निस्कन लागेका प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जी पनि जाने भन्नुभएको छ, कुरा बुझ्नका लागि जान लागेको भन्ने जवाफ फर्काए। नेपालले फेरि भने,‘तपाई जानुस् तर मचाहिँ जान्न। बालुवाटारमा होइन ओलीले सिंहदरबारमा गर्नुपर्छ। तपाई त्यो मोहमा नफस्नुसु।’

    त्यसपछि प्रचण्डको गाडी नेपालनिवास रहेको स्थान कोटेश्वरतिर मोडियो र भेटवार्ताको सहमति भयो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा शनिबार बालुवाटारमा निम्तो गरेका थिए। साथमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि डाकिएको थियो।

    भट्टराई र यादव पनि बालुवाटारमा नजाने भए। त्यहाँ जान नहुने भन्दै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि उनीहरुको सुझाव थियो। ‘अहिले ओलीलाई एक्ल्याऊँ, यसबेला गएन भने उनी पूरै कमजोर हुनेछन्’, उच्च स्रोतले भट्टराईले भनेको उदृत गर्दै भन्यो,‘त्यहाँ जानु प्रतिगमनको कुरा मान्नु हो।’

    तर ठाकुर र लक्ष्मणलाल कर्णले भने जसपाका अन्य नेतालाई चक्मा दिएर बालुवाटार छिरेका थिए। प्रधानमन्त्री ओलीले त्यहाँ प्रतिनिधि सभामा भइरहेको गतिविधिमा सभामुख अग्नी सापकोटाको मनोपोलीबारे आलोचना गरेका थिए।

    प्रधानमन्त्री ओलीले सदनमा विधयेकहरू, अध्यादेशहरू पेस नगरेर सभामुख सापकोटा अनैतिक हिसाबले अघि बढेको र असहयोग गरेको गुुनासो पनि सुनाए। त्यस क्रममा कांग्रेस सभापति देउवा भने मौन थिए।
    अर्का नेता रामचन्द्र पौडेलले भने अहिले राजीनामा दिएर अर्को सरकार बनाउनका लागि बाटो खोले सबै समस्या समाधान हुने प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। तर, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने सल्लाह गरेर सदनलाई चलाउने जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका थिए।

    बैठकमा देउवा, पौडेल, बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर, कर्ण, राप्रपा अध्यक्ष डा. लोहनी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतको सहभागीता रहेको थियो।
    सरकारले कोभिडको दोस्रो लहर र आगामी बजेट अधिवेशनका विषयमा कुराकानी र परामर्शका लागि सर्वदलीय बैठक बोलाएको थियो। जसमा माओवादीले अकास्मात बहिस्कार गरिदियो। त्यसलाई पनि संकेत गर्दै

    प्रधानमन्त्रीले भने,‘यीनिहरु संसद चल्नुपर्छ, बजेट आउनुपर्छ भन्ने मनसायमा नै छैनन्। यसरी कति दिन हुन्छ? कि चुनावतिर जानुपर्ने भयो।’

    कोटेश्वरमा प्रचण्ड–नेपालको साउती

    उता सर्वदलीय बैठक भएकै बेला कोटेश्वरमा व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड र नेता नेपालले साउती मारेका थिए। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगउनका निम्ति प्रकाश ज्वालासहितका चार जना सांसदले शुक्रबार फ्लोर क्रस गरेपछि भेट भएको थियो।

    सो क्रममा फ्लोर क्रस गरेकालाई ओली पक्षले कारबाही गर्ने भन्दै चाँडो मन्त्री पदमा नियुक्त गर्नका लागि निर्देशन दिन नेपालले प्रचण्डलाई आग्रह गरेको बताइएको छ।

    कर्णालीदेखि उठेको नेकपाभित्रको विवादमा जरो कर्णालीमा नै विश्वासको मत पाएर एक चरण जितेको भन्दै श्रेष्ठका घरमा प्रचण्ड र नेपालले मिठाई खाएको स्रोतले दाबी गरेको छ। उक्त भेटमा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेका थिए।


    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - १५:३३:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.