sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

रुरु हाइड्रोको आईपीओ बाँडफाँड

रुरु हाइड्रोको आईपीओ बाँडफाँड

images

सूत्र न्यूज

३ बैशाख २०७८
  • 910
    SHARES
  • रुरु हाइड्रोको आईपीओ बाँडफाँड

    काठमाडौं- रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीको आईपीओका लागि २ करोड ३३ लाख ७७ हजार २२० कित्ता पाउन १६ लाख ८३ हजार १२१ आवेदकबाट आवेदन परेको थियो । जसमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको क्यापिटलको भनाइ छ ।

    रितपूर्वक आवेदन दिनेमा १५ लाख ९० हजार ८९६ आवेदक छन् । उनीहरुबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको थियो । योमध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत् पाएका छन् ।

    रितपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजारभन्दा बढीको हात खाली भएको छ । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् ।

    कम्पनीले चैत २० देखि सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा सेयर बिक्रि गरेको हो ।

    कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्वसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता लगानी कोषलाई छुट्याइएको थियो ।


    प्रकाशित :बैशाख ३, २०७८ शुक्रवार - १०:०४:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.