sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

गगन थापाको व्यंग्य- ‘चमत्कारी सरकार’ ले जनताको पक्षमा केही काम गरेन

गगन थापाको व्यंग्य- ‘चमत्कारी सरकार’ ले जनताको पक्षमा केही काम गरेन

images

सूत्र न्यूज

३० चैत्र २०७७
  • 230
    SHARES
  • गगन थापाको व्यंग्य- ‘चमत्कारी सरकार’ ले जनताको पक्षमा केही काम गरेन

    काठमाडौं- प्रतिनिधिसभा सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भन्ने व्यंग्य गरेका छन् । उनले 'चमत्कारी सरकार' ले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए ।

    ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर जो नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन्’, प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले भने, ‘यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

    दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५०० र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको तर सरकारले उनीहरुलाई पठाउन कुनै पहल नगरेको आरोप लगाए ।

    ‘यिनीहरूको बारेमा सरकारले लगातार बेवास्ता गरेको छ । फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरूले कोरिया जान पाइसकेका हुन्थे होला । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरूलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनका निम्ति म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’


    प्रकाशित :चैत्र ३०, २०७७ सोमवार - १४:२१:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.