sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

प्रचण्डको निर्देशनसँगै सुरक्षा चुनौती बढ्यो

प्रचण्डको निर्देशनसँगै सुरक्षा चुनौती बढ्यो

images

सूत्र न्यूज

५ माघ २०७७
  • 639
    SHARES
  • प्रचण्डको निर्देशनसँगै सुरक्षा चुनौती बढ्यो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आक्रमक हुन आफू पक्षका युवालाई निर्देशन दिएसँगै सुरक्षा व्यवस्था खलबलिने भएको छ । उनले आइतबार काठमाडौंमा भएको युवा संघको एक कार्यक्रममा बोल्दै सरकारविरुद्ध आक्रमक हुन निर्देशन दिएको थियो ।

    अध्यक्ष प्रचण्डले अहिलेसम्म भएका आन्दोलनले सरकारलाई कुनै असर नपरेको भन्दै आक्रमक हुन निर्देशन दिएको थियो । उनले सडकमा टाउको फुटाउने गरी आन्दोलन हुन आवश्यक रहेको भन्दै यसको नेतृत्व आफूले गर्ने अभिव्यक्ति दिएका थिए ।

    प्रचण्डको निर्देशनसँगै सुरक्षा चुनौती बढेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तबहादुर कुँवरले बताए ।


    प्रकाशित :माघ ५, २०७७ सोमवार - १६:२०:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.