विद्यार्थीलाई गगन थापाले भने- यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्-Sutra News

विद्यार्थीलाई गगन थापाले भने- यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्

शनिबार, २१ असार २०८२

शनिबार, २१ असार २०८२

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।



शनिवार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौँको नेपाल टारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन्।

देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए।

एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्न पनि सुझाव दिए।

आयोजक संस्थाका अगुवा एवम् कांग्रेस नेता सुशील भट्टले एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको भन्दै नव युवाहरूलाई प्रोत्साहित गर्न आफू सधैँ तत्पर रहने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट