

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि चुमेको छ।
मलेसियाको युकेएम वाइएसटी ओभलमा शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको थियो।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो। सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो।