पशुपतिमा ‘अप्सरा आमा’को राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि-Sutra News

पशुपतिमा ‘अप्सरा आमा’को राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि

शनिबार, २१ असार २०८२

शनिबार, २१ असार २०८२

काठमाडौं । ‘मेरी बास्सै’मा अप्सरा आमा भनेर चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ।



श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो।

क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।

अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन्। काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस्)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट