अमेरिकामा जुलाई ४ को उत्सवमा हमलाकाे चेतावनी: प्रवासी नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह-Sutra News

अमेरिकामा जुलाई ४ को उत्सवमा हमलाकाे चेतावनी: प्रवासी नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह

बिहिबार, १९ असार २०८२

बिहिबार, १९ असार २०८२

काठमाडाैं । अमेरिकामा आउँदै गरेको स्वतन्त्रता दिवस (जुलाई ४)को उत्सवलाई लक्षित गरी अमेरिकी गृह सुरक्षा विभाग डिएचएसले ‘लोने वुल्फ’ हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सचेत गराएको छ। विशेषगरी ठूला शहरहरूका भीडभाड स्थान, परेड र आतिशबाजी कार्यक्रममा आतंकवादी समूह वा व्यक्तिगत स्तरका चरमपन्थीहरूले हमला गर्न सक्ने खतराबारे चेतावनी दिइएको हो।



‘लोने वुल्फ’ भनिने हमला त्यस्ता व्यक्तिले गर्छन्, जसले कुनै ठूलो संगठनसँग प्रत्यक्ष सम्बन्ध नराखी, आफैं प्रेरित भएर हिंसात्मक हमला गर्छन्।

विशेषगरी ठूला शहरहरूका भीडभाड स्थान, परेड र आतिशबाजी कार्यक्रममा आतंकवादी समूह वा व्यक्तिगत स्तरका चरमपन्थीहरूले हमला गर्न सक्ने खतराबारे चेतावनी दिइएको हो।‘लोने वुल्फ’ भनिने हमला त्यस्ता व्यक्तिले गर्छन्, जसले कुनै ठूलो संगठनसँग प्रत्यक्ष सम्बन्ध नराखी, आफैं प्रेरित भएर हिंसात्मक हमला गर्छन्।

अमेरिकामा अघिल्ला वर्षहरूमा यस्ता आक्रमणले ठूलो क्षति पुर्‍याएका घटना स्मरणीय छन् – सन् २०१६ को ओरलाण्डो नाइट क्लब हमला, २०१७ को लास भेगास कन्सर्ट हमला आदिमा सयौँ मानिस मारिएका वा घाइते भएका थिए।

अमेरिकी सुरक्षा निकायले जुलाई ४ का कार्यक्रमहरूमा लाखौँ मानिस भेला हुने भएकाले सम्भावित आतंककारी हमला रोक्न कठिन हुने बताएको छ।

विशेषगरी हालैका महिनाहरूमा अमेरिका र मध्यपूर्वबीचको तनाव, घरेलु चरमपन्थी गतिविधि र राजनीतिक ध्रुवीकरणका कारण जोखिम अझै बढेको भन्दै डि एच एसले कडा निगरानी थालेको छ।

अमेरिकामा करिब ५ लाख भन्दा बढी नेपाली मूलका आप्रवासी र विद्यार्थी बसोबास गर्छन्। जुलाइ ४ का सार्वजनिक कार्यक्रम, पिकनिक, कन्सर्ट वा परेडमा सहभागी हुने नेपालीहरूलाई:

भीडभाड हुने ठाउँमा सतर्क रहन, – संदिग्ध गतिविधि देखे तुरुन्त नजिकको अधिकारीलाई खबर गर्न, अनावश्यक रूपमा राति ढिला नहिँड्न सल्लाह दिइएको छ।

नेपाली दूतावास, वाशिङ्टन डीसीले पनि आधिकारिक पेजमार्फत सन्देश प्रकाशित गर्दै, ‘सुरक्षाका लागि सचेत रहनुहोस् र आकस्मिक अवस्थामा स्थानीय प्रहरी वा ९११ नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस्’ भनेको छ।

१७७६ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको सम्झनामा अमेरिकाले हरेक वर्ष जुलाइ ४लाई राष्ट्रिय दिवसका रूपमा मनाउँछ। यो अवसरमा आतिशबाजी, परेड, कन्सर्ट, पारिवारिक जमघट हुँदै देशभर हर्षोल्लासका साथ मनाइन्छ।

तर पछिल्ला वर्षहरूमा सुरक्षा चुनौती र आक्रमणका खतरा बढेसँगै जुलाइ ४ अब केवल उत्सव मात्रै नभई सुरक्षा सतर्कताको विषय पनि बन्न थालेको छ।

प्रवासी नेपालीहरूलाई यस वर्षको जुलाइ ४ उत्सव सुरक्षित, सचेत र जिम्मेवार रूपमा मनाउन सल्लाह दिइएको छ। ठूलो क्षति पु-याएका घटना स्मरणीय छन् – सन् २०१६ को ओरलाण्डो नाइट क्लब हमला, २०१७ को लास भेगास कन्सर्ट हमला आदिमा सयौँ मानिस मारिएका वा घाइते भएका थिए। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट