माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ अनुबन्धित-Sutra News

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ अनुबन्धित

बिहिबार, १९ असार २०८२

बिहिबार, १९ असार २०८२

काठमाडौं । माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको दोस्रो सहकार्य हो ।



यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकीय चलचित्र ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

‘पेन्सनपट्टा’को छायांकन तेस्रो साताबाट हुनेछ । चलचित्रले भूतपूर्व लाहुरेको कथा भन्नेछ । लोभी मान्छे कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।

चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्र सुशन प्रजापतिले खिच्नेछन् ।

माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट