जुलाई ५ मा सर्वनाश हुने ! बाबा वाङ्गाको भविष्यवाणीपछि जापानमा आतंक, हजाराैं उडान रद्ध-Sutra News

जुलाई ५ मा सर्वनाश हुने ! बाबा वाङ्गाको भविष्यवाणीपछि जापानमा आतंक, हजाराैं उडान रद्ध

बिहिबार, १९ असार २०८२

बिहिबार, १९ असार २०८२

काठमाडाैं । भूकम्प र सुनामी जस्ता प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको जापान पछिल्ला दिनहरूमा नयाँ आतंकले सकसमा छ । जुन-जुलाईमा पर्यटकहरूले भरिएको जापानमा यतिबेला करिब कर्फ्यूको वातावरण छ।



यसको कारण ‘सर्वनाश हुने’ भविष्यवाणी हो। जुन बाबा वाङ्गा (रिया तात्सुकी)ले यो भविष्यवाणी गरेकी हुन् । उनले यसअघि पनि बेला-बेला विनाशकारी घटनाहरूको सही भविष्यवाणी गरेकी थिइन् । यस कारणले गर्दा, बाबा वाङ्गाको चेतावनीलाई हल्का रूपमा नलिइएकाे हाे ।

यही कारणले जापानमा पछिल्ला केही हप्ताहरूमा लाखौं उडान टिकटहरू रद्द गरिएका छन्।

सँगै, जापानको टाकोरा टापुको अकासुकिजिमामा भूकम्पको श्रृंखलाले पनि मानिसहरूलाई आतंकित बनाएको छ। ठूलो भूकम्प र त्यसपछि समुद्रमा सुनामीको भविष्यवाणी निश्चित भएको अनुमान गर्दै मानिसहरू सुरक्षित स्थानहरूमा सरेका छन्।

जुन २० देखि पछिल्लो ४० दिनमा यस टापुमा ७०० भन्दा बढी साना-ठूला भूकम्प गएका छन्। यीमध्ये ५० भन्दा बढी भूकम्प ३ देखि ५ म्याग्निच्युडका थिए।

बाबा वाङ्गा २०११ मा जापानमा आएको विनाशकारी भूकम्प, कोरोना भाइरसको महामारी, राजकुमारी डायनाको मृत्यु जस्ता धेरै भविष्यवाणीहरू गरेकी थिइन् ।

मङ्गा कलाकार रिया तात्सुकीको १९९९ को पुस्तक द फ्युचर आई स यस्तो भविष्यवाणीले भरिएको छ। यस पुस्तकमा जुलाई ५ मा जापानमा आउने विनाशकारी सुनामी बारे चेतावनी दिइएको छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट