अमेरिकामा रहेका नेपालीका लागि ठूलो राहत: दूतावासले सुरु गर्‍यो ‘आपतकालीन सहयोग डेस्क’!-Sutra News

अमेरिकामा रहेका नेपालीका लागि ठूलो राहत: दूतावासले सुरु गर्‍यो ‘आपतकालीन सहयोग डेस्क’!

बुधबार, १८ असार २०८२

बुधबार, १८ असार २०८२

वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै सहायता पाउने उद्देश्यले, वासिङ्टन डीसीस्थित नेपाली दूतावासले विशेष ‘आपतकालीन सहयोग डेस्क’ सुरु गरेको छ।



अमेरिकामा करिब ३ लाखभन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गर्छन्।
पछिल्ला वर्षहरूमा भिसा समस्या र डिपोर्टको डर, राहदानी हराउनु वा कन्सुलर जटिलता, मानसिक स्वास्थ्यको दबाब र अप्रत्याशित आपतकालीन घटना जस्ता समस्याले धेरै नेपालीलाई तनाव र अप्ठ्यारोमा पारेका थिए।

त्यसैले प्रवासी नेपालीका वास्तविक पीडा बुझेर, सहयोगलाई व्यवस्थित र सहज बनाउन यो डेस्क स्थापना गरिएको हो ।

डेक्सबाट चौबिसै घण्टा आपतकालीन फोन र इमेल सहयोग, कानुनी परामर्श र मार्गदर्शन, मानसिक स्वास्थ्यका लागि विशेषज्ञसँग सल्लाह, राहदानी, नागरिकता र अन्य कन्सुलर काममा छिटो सहयोग र अनलाइन फारम र म्यासेजमार्फत सिधा उजुरी गर्न सकिने व्यवस्था रहेकाे जनाइएको छ ।

दूतावासले यो सेवा अमेरिकाभरि रहेका सबै नेपालीका लागि खुला राखेको छ। नेपाली समाज अमेरिकालगायतका संस्थाले यो पहलको स्वागत गरेका छन्।

विदेशमा पढ्दा वा काम गर्दा सानो कानुनी समस्या पनि ठूलो हुन्छ। अब दूतावाससँग सिधा सम्पर्क गर्न पाउनु ठूलो भरोसा ठानेका छन् ।

यश कार्यक्रम भित्र पहिलो पटक मानसिक स्वास्थ्य र भावनात्मक सहयोगलाई आधिकारिक रूपमा समावेश गरिएको  साथै अनलाइन प्लेटफर्मबाट छिटो उजुरी गर्न सकिने कानुनी र आपतकालीन टोलीलाई सक्रिय रूपमा काममा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट