पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि-Sutra News

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

मंगलबार, १७ असार २०८२

मंगलबार, १७ असार २०८२

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे हाे ।



निगमले पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट