एनआरएनए अस्ट्रेलियाको अध्यक्षकाे लागि सन्जिब ढकालको उम्मेदवारी घोषणा-Sutra News

एनआरएनए अस्ट्रेलियाको अध्यक्षकाे लागि सन्जिब ढकालको उम्मेदवारी घोषणा

आइतबार, १५ असार २०८२

आइतबार, १५ असार २०८२

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षका लागि सन्जिब ढकाल ‘गोर्खाली’ले उम्मेदवारी घोषणा गरेका छन्। ढकालले सामाजिक सञ्जालमार्फत २०२५–२०२७ को नयाँ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।



अस्ट्रेलिया एनआरएनएको आगामी २६ जुलाइमा निर्वाचन हुँदैछ।

उनले आफ्नाे उम्मेदवारी नेतृत्वको लागि मात्रै नभई, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणको लागि भएको बताएका छन् । उनले आफ्नाे एजेन्डा सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने बताएका छन् ।

‘हामी वाचा मात्रै गर्दैनौं, काम गरेर देखाउँछौं,’ ढकालले भने, ‘छिट्टै विस्तृत एजेन्डा र सेवा कार्य योजनासहित पुनः उपस्थित हुनेछु।’

अध्यक्षका लागि उम्मेदवारी दिएका ढकाल र्दन टेरिटोरी एनआरएनका संयोजक तथा एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट