लामो विश्रामपछि एकै पटक ३ वटा फिल्ममा खेल्दै अनमोल-Sutra News

लामो विश्रामपछि एकै पटक ३ वटा फिल्ममा खेल्दै अनमोल

मंगलबार, १० असार २०८२

मंगलबार, १० असार २०८२

काठमाडौं । लामो विश्रामपछि अभिनेता अनमोल केसी एकपछि अर्को गरी ३ वटा फिल्ममा देखिने भएका छन् । अनमोल ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर–५’ मार्फत देखिन लागेका हुन् ।



“लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु, म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु’ अनमोलले खुसी साट्दै फेसबुकमा लेखेका छन् ।

गएको कात्तिकमा शुभमुहूर्त भएको ‘जेरी अन टप’ आगामी फागुन २ मा प्रदर्शनमा आउनेछ । जसमा अनमोल र आँचल शर्मा मुख्य भूमिकामा छन् । सँगै, भुवन केसी, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्तलगायतका कलाकार छन् ।

फिल्म ‘बाटुलो जून’मा पनि अनमोल मुख्य भूमिकामा छन् । फिल्ममा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडाले डेब्यु गर्दैछिन् । उनी अनमोलको जोडीका रूपमा देखिनेछिन् ।

दर्शकले निकै रोजाइमा पारेको ‘ए मेरो हजुर’को पाँचौं श्रृखंलामा पनि अनमोल देखिने भएका छन् । तेस्रो र चौंथो श्रृंखलामा जस्तै पाँचौ श्रृंखलामा पनि अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट