बजेट पारित गर्न सत्ता गठबन्धनबिच सहमति-Sutra News

बजेट पारित गर्न सत्ता गठबन्धनबिच सहमति

मंगलबार, १० असार २०८२

मंगलबार, १० असार २०८२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेकाे सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्ता पक्षीय शीर्ष नेताहरुको बैठकले प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट