धरौटीमा छुटे लगत्तै अमला रोका पक्राउ-Sutra News

धरौटीमा छुटे लगत्तै अमला रोका पक्राउ

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै अमला रोका फेरि पक्राउ परेकी छिन् । रोका रिहा भएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रोकालाई पक्राउ गरेको हो ।



ब्यूरोका एसएसपी होबिन्द्र बोगटीले पक्राउको पुष्टि गरेका छन् । बोगटीले जनाएअनुसार सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न रोकालाई पक्राउ गरिएको हो ।

यसअघि आजमात्रै ६० किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रिहाको आदेश गरेको थियो ।

प्रहरीले रोकालाई शुक्रबार टोखाबाट पक्राउ गरेको थियो ।

रोका हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट