महालक्ष्मीको मोबाइल बैंकिङमार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा पाउन सकिने-Sutra News

महालक्ष्मीको मोबाइल बैंकिङमार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा पाउन सकिने

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडाैं । महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अब अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु गरिएको छ ।



बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम उक्त सेवा सुरु गरिएको बै्कले जनाएको छ ।

उक्त सेवाअन्तर्गत नेपालबाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (एमटीसीएन) बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

यो सेवामा १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थप सँगै अब ग्राहकहरूको रेमिट्यान्स रकम लिनका लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यता अन्त्य हुने, लाइनमा बस्नु नपर्ने साथै समयको समेत बचत हुनेछ ।

यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधिकेन्द्रित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट