

पाेखरा । पोखरा महानगरपालिका– ३१, बेगनासताल, कास्कीस्थित वेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित रेस्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले बेगनासतालको रमणीय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंकका तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका हाल देशभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।