सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी-Sutra News

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२
sun

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन (साेमबार) स्थानीय बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार आइतबारकै मूल्यमा सुनकाे कारोबार भइरहेकाे छ ।



महासंघका अनुसार आज सुन प्रतिताेला १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनकाे मूल्य स्थिर रहेपनि आज चाँदीकाे मूल्य भने बढेकाे छ । महासंघका अनुसार आज आइतबारको तुलनामा चाँदी प्रतिताेला १० रूपैयाँले बढेकाे हाे ।

मूल्य बढेसँगै आज चाँदी प्रतिताेला २ हजार १७० रूपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३५८ डलरमा किनबेच भइरहेको भने चाँदीको प्रतिऔंश ३६ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट