इरानले अमेरिकालाई नै कडा जवाफ दिने, सुरक्षा परिषद्काे बैठकमा इरानी राजदूतले दिए यस्ताे चेतावनी-Sutra News

इरानले अमेरिकालाई नै कडा जवाफ दिने, सुरक्षा परिषद्काे बैठकमा इरानी राजदूतले दिए यस्ताे चेतावनी

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडाैं । अमेरिकाले कूटनीतिका सबै तहलाई उल्लंघन गरेकाे निष्कर्ष इरानले सुनाएकाे छ । साथै, अमेरिकी कारबाहीकाे जवाफ दिनकाे लागि पछि नहट्ने पनि चेतावनी दिएकाे छ ।



संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले आइतबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा यस्ताे चेतावनी दिएका हुन् ।

‘हामीले युद्धको चाहना राख्ने अमेरिकालाई यो दलदलमा नफस्न बारम्बार चेतावनी दिएका थियौं तर, अमेरिकाले इरानमाथि आक्रमण गरेर कूटनीतिलाई नष्ट गर्ने निर्णय गरेको छ र अब इरानी सेनाले कहिले र कसरी प्रतिक्रिया दिने भन्ने निर्णय गर्नेछ। हामी सबै आवश्यक कदम चाल्नेछौं’, उनले भनेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकाे पछि लागेर अमेरिका फसेकाे प्रतिक्रिया इरानकाे छ । ‘नेतान्याहू अमेरिकाको विदेश नीति अपहरण गर्न सफल भए र अमेरिकालाई अर्को महँगो र आधारहीन युद्धमा फसाएको छ’, उनले भनेका छन् ।

अमेरिकाले खुला रूपमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको निष्कर्ष इरानले सुनाएकाे छ । तर, पश्चिमी देशहरूले भने इरानले आत्मसमर्पण गर्नुपर्छ र वार्ताको टेबलमा आउनुपर्छ भनेका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अब अमेरिकासँग कुनै पनि वार्ता नहुने घाेषणा गरेका छन् । ‘हामी कूटनीतिक रूपमा यो मुद्दा समाधान गर्न खोजिरहेका थियौं, तर इजरायलले बीचमा आक्रमण गर्‍यो र वार्ताको त्यो प्रयास समाप्त गर्‍यो’, अराघचीले भनेका छन् ।

ट्रम्पको दाबी – इरानका आणविक केन्द्रहरूले ठूलो क्षति भोगेका छन्

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले भने अमेरिकी आक्रमणमा इरानका आणविक केन्द्रहरूले ठूलो क्षति भोगेको दाबी गरेका छन्। ट्रम्पले ट्रुथ सोशलमा सेयर गरिएको पोस्टमा लेखेका छन् कि ‘सबैभन्दा बढी क्षति भूमिगत भएको छ।’

यद्यपि ट्रम्पले यो दाबी गरेका छन्, अमेरिका अझै पनि आक्रमणबाट भएको क्षतिको समीक्षा गरिरहेको छ। साथै, यस सम्बन्धमा इरानबाट कुनै पनि वक्तव्य जारी गरिएको छैन। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट