नागरिक लगानी कोषले हिमालयन बैंकले जारी गर्ने साढे ९२ लाख कित्ता एफपीओको प्रत्याभूति गर्ने-Sutra News

नागरिक लगानी कोषले हिमालयन बैंकले जारी गर्ने साढे ९२ लाख कित्ता एफपीओको प्रत्याभूति गर्ने

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडाैं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ ।



सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ ।

सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट