बढ्यो सुनचाँदीको मूल्य-Sutra News

बढ्यो सुनचाँदीको मूल्य

आइतबार, ८ असार २०८२

आइतबार, ८ असार २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।



शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्दा अन्तराष्ट्रिय बजारमा भने घटेको छ ।

गोल्ड प्राइसका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३६८ डलरमा किनबेच भइरहेको भने चाँदीको प्रतिऔंश ३६ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट