

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले प्रवक्ता र महामन्त्री तोकेको हो।
बैठककाे निर्णयअनुसार यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।
पार्टीले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको छ ।