

काठमाडौं । लोकगायक पशुपति शर्माले व्यंगात्मक म्युजिक भिडियो ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरेका छन् । शर्माकै आफ्नै यूट्युब च्यानलमार्फत उनले गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा शर्माले राजनीतिक दल र दलका नेता तथा कार्यकर्तासँगै समर्थकमाथि व्यंग्य गरेका छन् ।
सार्वजनिक गीतमा उनी आफैंले अभिनय गरेका छन् ।
विशेषगरी सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले ‘म झोले’ अभियान चलाएको सन्दर्भलाई जोडेर उनले गीत बनाएका हुन् । शर्माले यसअघि पनि विभिन्न खालका बेथितिमा प्रहार गर्नेगरी गीत ल्याएका थिए ।
यस्तो छ गीतको भिडियो