प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित-Sutra News

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

मंगलबार, ३ असार २०८२

मंगलबार, ३ असार २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि स्थगित भएको छ ।



भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले निरन्तर सदन अवरोध गरेपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएको छ ।

सदनको अवरोध खुलाउन मंगलबार संसद भवनमा दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष नआएपछि सदन स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले सहमतिका लागि बुधबार दिनभर गृहकार्य गरेर बिहीबार बैठक समय अघि सहमति गर्न आग्रह गरेको सभामुखका प्रेसबिज्ञ शेखर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट